चालु आर्थिक वर्षमा कुल बजेटको ८८ प्रतिशत मात्र खर्च : अर्थमन्त्री

चालु आर्थिक वर्षमा कुल बजेटको ८८ प्रतिशत मात्र खर्च : अर्थमन्त्री

काठमाडौं : चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्र खर्च हुने सरकारले बताएको छ।

आर्थिक वर्ष २०७९/०८० को आय र व्ययको वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुल विनियोजित बजेटको ८८.६ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताएका हुन्।   

चालु आर्थिक वर्षमा  १४ खर्ब ४७ अर्ब ६१ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए।

संघीय संसदको संयुक्त सदनमा जसमध्ये चालु खर्चतर्फ ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने र उक्त  व्ययको लागि राजश्व ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ।

वैदेशिक सहायताबाट अनुदान २४ अर्ब १ करोड, ऋण १ खर्ब ७२ अर्ब ८ करोड स्रोत व्यवस्थापन हुने संशोधित अनुमान रहेको मन्त्री शर्माले बताए। यस्तै, वैशाख मसान्तसमम १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठेको र २ खर्ब ३१ अर्ब  ३० करोड परिचालन हुने अवस्था रहेको उनले जानकारी दिए।

जेठ १५, २०७९ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।