उत्कृष्ट तीन स्थानीय तहलाई पाँच करोडका दरले कृषि प्रोत्साहन

उत्कृष्ट तीन स्थानीय तहलाई पाँच करोडका दरले कृषि प्रोत्साहन

काठमाडौं : अर्थमन्त्री जनार्थन शर्माले कृषिको रुपमान्तरण अभियानमा उत्कृष्ट नतिजा हासिल गर्ने प्रत्येक प्रदेशका तीन स्थानीय तहलाई पाँच करोडका दरले प्रोत्साहन उपलब्ध गराउने बताएका छन्।

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कृषि उत्पादनदेखि बजारीकणसम्म प्रत्येक स्थानीय तहमा कम्तीमा तीन सय कृषि स्वयंसेवक तयार गरिने बताए।

कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने बताउँदै उनले बाँझो जनिको उपयोग गरी कृषि उत्पादन बढाइने बताए। 

कृषकलाई सरल र सहज रुपमा मल बीउ, मल प्रविधि तथा सिचाई सुविधा उपलब्ध गराउने बजेटमा उल्लेख छ। सहुलियत रुपमा कर्जा प्रवाह गर्ने पनि बजेटमा उल्लेख छ।

जेठ १५, २०७९ आइतबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।