तारा एअरले भन्योः 'सम्पर्कविहीन जहाजको खोजी कार्य भइरहेको छ'
काठमाडौँ : तारा एअरले पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको एअरको ९ एन एइटी कलसाइनको टुइनअटर जहाजको खोजी भैरहेको जनाएको छ। सम्पर्कविहीन आफ्नो जहाजको खोजी गर्नका लागि हेलिकप्टर पठाएको र मौसम खराबीका कारण फर्किएको बताएको छ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै तारा एअरले हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जानकारी दिएको छ। मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु हुने विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्धार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको छ। क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एअर परिचारिका किस्मी थापा रहेका छन्।
चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। तर, पुष्टी भएको छैन। स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ।
जेठ १५, २०७९ आइतबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।