हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो
काठमाडौँ : पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ। आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो।
खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ। उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भैसकेको बताइएको छ।
यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने तयारी छ। चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। तर, पुष्टी भएको छैन। स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ।
जेठ १५, २०७९ आइतबार १४:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।