बङ्गलादेशमा यात्रु बस रुखमा ठोक्किँदा आठ जनाको मृत्यु, २० घाइते

बङ्गलादेशमा यात्रु बस रुखमा ठोक्किँदा आठ जनाको मृत्यु, २० घाइते

एजेन्सीः बङ्गलादेशको ढाकाभन्दा १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रुहरूले भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा २० जना घाइते भएका छन्।

रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने बताइएको छ।

बसमा ४२ जना सवार भएको बताइएको छ। 

जेठ १५, २०७९ आइतबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।