यी हुन् तारा एयरमा सवार २२ यात्रु (सूचीसहित)

पोखराः पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा २२ यात्रु रहेको खुलेको छ। मुस्ताङको घाँसामा दुर्घटना भएको आशंका गरिएको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट १६ जना नेपाली र ६ विदेशी पर्यटकसहित जोमसोमका लागि उडेको थियो।
तारा एयरको जहाजमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार विमान क्याप्टेन प्रभावकर घिमिरे, सहपाइलट उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेका छन्।
जेठ १५, २०७९ आइतबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।