आज १५औं सगरमाथा दिवस, चुचुरोमा पाइला टेकिएको ६९ वर्ष पूरा

आज १५औं सगरमाथा दिवस, चुचुरोमा पाइला टेकिएको ६९ वर्ष पूरा

काठमाडौंः आज १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस रहेको छ। सगरमाथाको चुचुरोसम्मै सफल आरोहण गरिएको दिनलाई १५ वर्षयता सगरमाथा दिवसको रूपमा मनाउँदै आइएको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक सन् १९५३ मे २९ तारिख आजकै दिन मानव पाइला टेकिएको थियो। दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले मानव पाइला टेकेको आज ६९ वर्ष पनि पूरा भएको छ।

हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो। नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो।

आज सगरमाथा दिवस मूल आयोजक समितिले काठमाडौंमा गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन क्षेत्रका अगुवा व्यक्तित्व, कीर्तिमानी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो।

जेठ १५, २०७९ आइतबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।