आईपीएल: पहिलो च्याम्पियन र पहिलो पटक फाइनल पुगेको टोलीबीच उपाधि भिडन्त

काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुँदैछ। राजस्थान रोयल्स र गुजरात टाइटन्स आज उपाधिका लागि भिड्नेछन्।
खेल नेपाली समयअनुसार राति ८:१५ मा अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।
राजस्थान आईपीएलको सन् २००८ मा भएको पहिलो संस्करणको विजेता हो। तर त्यसयता फाइनलसम्म पनि पुग्न सकेको थिएन।
यता गुजरात टाइटन्सको यो पहिलो संस्करण हो। र पहिलोमै गुजरात फाइनलमा पुग्न सफल भएको छ।
सञ्जु स्यामसनको नेतृत्त्वमा मैदानमा उत्रने राजस्थान र हार्दिक पाण्ड्या नेतृत्त्वमा उत्रने गुजरातबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।
यी दुवै टोलीमा अहिले उत्कृष्ट फर्ममा रहेका खेलाडीहरू छन्। राजस्थानसँग एकै सिजनमा चार शतक प्रहार गरेर कीर्तिमान बनाएका जस बट्लर छन्। उता गुजरातसँग रशिद खान, मोहम्मद शमी लगायत धुरन्धार बलर छन्।
जेठ १५, २०७९ आइतबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।