संघीय सरकारले आज बजेट प्रस्तुत गर्दै

काठमाडौंः संघीय सरकारले आज बजेट प्रस्तुत गर्दैछ। आज संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय सरकारले बजेट प्रस्तुत गर्नैपर्ने बाध्यकारी नियम छ।
आज संसद्को दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने र प्रतिनिधि सभाको ११औं अधिवेशनमा साँझ ६ बजे आर्थिक विधेयक, २०७९ पेश गर्ने कार्यसूची रहेको छ।
यस आर्थिक वर्षको बजेटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सञ्योजक रहेको स्रोत समितिले १७ खर्ब ४५ अर्बको सीमा निर्धारण यसअघि नै गरिसकेको छ। सीमाभित्रै रहेर बजेट ल्याउने तयारी भएको पनि बताइएको छ।
जेठ १५, २०७९ आइतबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।