गणतन्त्र दिवस आज

काठमाडौंः आज गणतन्त्र दिवस रहेको छ। निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको रूपमा जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाउने गरिन्छ।
जननिर्वाचित पहिलो संविधान सभाले नेपालमा २०६५ साल जेठ १५ गते गणतन्त्रात्मक व्यवस्थाको घोषणा गरेको थियो। यस्तै २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पनि जारी भएको थियो।
संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ मै नेपालमा संघीय सरकारले अनिवार्य बजेट पनि पेश गर्नु पर्नेछ। आज सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्ने तयारी पनि गरेको छ।
जेठ १५, २०७९ आइतबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।