दाङमा गोली लागेर एक जनाको मृत्यु, ८ पक्राउ

घोराही : दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। उनको घाँटीमा गोली लागेको छ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
जेठ १४, २०७९ शनिबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।