शनिबारको मौसम: प्रदेश १, मधेश र बागमतीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश १, मधेश र बागमती प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
यतिबेला देशमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जेठ १४, २०७९ शनिबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।