सात करोड माग्दै धम्क्याएको आरोपमा पत्रकारसहित सात जना पक्राउ

सात करोड माग्दै धम्क्याएको आरोपमा पत्रकारसहित सात जना पक्राउ

काठमाडौँ : धम्क्याएर सात करोड मागेको आरोपमा प्रहरीले पत्रकार र एक जना विज्ञापन एजेन्सीमा काम गर्ने व्यक्तिसहित सात जनालाई पक्राउ गरेको छ।

उपत्यका प्रहरी अपराध महाशाखाले  योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी अनि प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर  ७ करोड मागेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। महाशाखाका अनुसार  सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरू कार्यरत मिडिया भने खुलाएको छैन। पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा , उमेश भण्डारी बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन्।

पक्राउ परेकामध्ये एक जना कारोबार विज्ञापन एजेन्सीमा काम गर्ने अन्य विभिन्न टेलिभिजनमा काम गर्ने खुलेको छ।

जेठ १३, २०७९ शुक्रबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।