स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटना, एक युवती गम्भीर घाइते

पोखरा : स्याङ्जामा प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटना हुँदा एक युवती गम्भीर घाइते भएकी छन्। स्याङ्जाको भीरकोट नगरपालिका –८ स्वरेक मैदानमा प्याराग्लाईडिङ सिक्ने क्रममा स्वरेककै –१९ बर्षीय लक्ष्मी अर्याल गम्भीर घाइते भएकी हुन्।
शुक्रबार दिउँसो पाराग्लाइडिङ सिक्ने क्रममा खसेर घाइते भएकी अर्यालको टाउ,ढाढ खुट्टामा चोट लागेको छ। घाइते अर्याललाई उद्धार गरी प्रभू एयरको हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए।
स्वरेकमा प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनारले ‘दी बाबु एडभेन्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुल’ सञ्चालन गर्दै आएका छन्। सुनारले स्कुल मार्फत प्याराग्लाइडिङ सिक्न चाहनेलाई विगत पाँच वर्षदेखि सिकाउँदै आएका छन्।
जेठ १३, २०७९ शुक्रबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।