धम्क्याएर रकम मागेको आरोपमा ६ जना पत्रकार र एक विज्ञापन एजेन्सीका पक्राउ

धम्क्याएर रकम मागेको आरोपमा ६ जना पत्रकार र एक विज्ञापन एजेन्सीका पक्राउ

काठमाडौँ : धम्क्याएर रकम मागेको आरोपमा सञ्चारकर्मी र विज्ञापन एजेन्सीका गरी सात जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध महाशाखाको टोलीले सङ्गठित रूपमा धम्क्याएर रकम माग गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो।

जानकारस्रोतका अनुसार उनीहरूले व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ। पक्राउ पर्नेमा एक जना विज्ञापन एजेन्सी सञ्चालक र अन्य टेलिभिजनमा काम गर्ने पत्रकारहरू छन्।

उनीहरुले संगठित रुपमा ब्ल्याकमेल गरेर रकम असुल्दै आएको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।

विस्तृत विवरण केही समयमा अपडेट गर्नेछौँ।

प्रहरीसँग मिलेर हिरा लुट्ने पत्रकार रकम असुलीमा समातिए

सात करोड माग्दै धम्क्याएको आरोपमा पत्रकारसहित सात जना पक्राउ

जेठ १३, २०७९ शुक्रबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।