रेनु दाहाल सवार गाडी दुर्घटना

रेनु दाहाल सवार गाडी दुर्घटना

काठमाडौँ : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ।  दाहाल चढेको गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावलाखेल प्रहरीले जनाएको हो।  

दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। अवस्था खतारमुक्त भएपछि केही समय दाहाललाई डाक्टरको निगरानीमा राख्ने अस्पताल स्रोतले बताएको छ। 
 

जेठ १३, २०७९ शुक्रबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।