श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

एजेन्सीः श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले अन्तर्राष्ट्रिय समुदायसँग औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गरिदिन आह्वान गरेका छन्। श्रीलङ्का केही समययता गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।
यस्तै आर्थिक सङ्कटले सामाजिक असमानताहरू पनि बढाएको भन्दै राष्ट्रपति राजापाक्षेले भने, "हामीलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ। म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपिल गर्दछु।"
चरम आर्थिक समस्याका बीच श्रीलङ्काले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ।
गलत आर्थिक नीतिले गर्दा श्रीलङ्काले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवम् खान पाकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मिररले राष्ट्रपति राजापाक्षेलाई उद्धृत गर्दै लेखेको छ- 'कोभिड-१९ बाट पर्यटनमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलङ्काको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय सङ्कट निम्त्याएको छ।'
जेठ १३, २०७९ शुक्रबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।