चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

अर्घाखाँचीः गुल्मीको रेसुङ्गा घर भई हाल सन्धिखर्क–४ वाङला अमलडाँडामा बस्दै आएका सात वर्षीय सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। बिहीबार चितुवाको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
बालकलाई खेल्न गएका बेला चितुवाले आक्रमण गरेको थियो। चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयले फेला पारेका थिए।
स्थानीयले नै प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताए।
जेठ १३, २०७९ शुक्रबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।