बालेनको विजय र्याली

काठमाडौंः काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह विजयी र्यालीमा निस्किएका छन्। 'धन्यवाद' लेखिएको ब्यानरसहित बालेन र उनका समर्थक विजय र्यालीमा निस्किएका छन्।
बालेनका समर्थकहरूले 'हामीमाथिको आसा, टुट्ने छैन भरोसा', 'महानगरबासीलाई धन्यवाद' लगायतका नारा लगाएका छन्।
माइतीघरबाट बानेश्वरतर्फ जाँदा उनीहरूले जाम कम गर्न भन्दै सडकको दायाँतर्फबाट र्याली गरेका थिए।
बालेन ६१ हजार ७६७ मतसहित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन्।
जेठ १३, २०७९ शुक्रबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।