बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्, 'मत नजिते पनि महानगरबासीको मन जितें'

बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्, 'मत नजिते पनि महानगरबासीको मन जितें'

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले मतदाताको मत जित्न नसके पनि मन जित्न सफल भएको बताएकी छिन्।

मतगणनाका अन्तिम नतिजा सार्वजनिक भइसकेपछि मेयरमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिँदै सिर्जनाले भनिन्, 'मैले विजयी हुने गरी मत त ल्याउन सकिनँ। तर सम्पूर्ण महानगरबासीको मन जित्न सफल भएकी छु।'

लोकतान्त्रिक अभ्यासलाई सहर्ष स्वीकार्ने बताउँदै उनले निर्वाचित मेयरलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएकी छन्। उनी ३८३४१ मत ल्याएर दोस्रो भएकी छिन्।

जेठ १३, २०७९ शुक्रबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।