६१ हजार ७६७ मत ल्याएर बालेन बने काठमाडौँको मेयर
काठमाडौँ : काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्। साहले ६१ हजार ७६७ मत ल्याउदा उनका निकटम प्रतिस्पर्धी गठबन्धन तथा कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याइन्।
उनीहरुबीचको मतान्तर २३ हजार ४२६ मत छ। एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
उपप्रमुमा एमालेकी उम्म्ेदवार सुनिता डंगोल निर्वाचित भइन्। डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए।
जेठ १२, २०७९ बिहीबार २२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।