बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

काठमाडौँ : बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा भएको विषयमा दलहरूबीच विवाद भएपछि मतदान रोकिएको थियो। 

आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्ट लगायतका तीन दिनभित्र हटाउन समेत गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ।

उनीहरूले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले उनीहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

जिम्मेवार कर्मचारी खटाई निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार बनाउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ। 
 

जेठ १२, २०७९ बिहीबार २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।