काठमाडौँको मत परिणामको सूचना टाँसमात्र हुने

काठमाडौँ : निर्वाचन आयोगले काठमाडौँ महानगरको निर्वाचन मतपरिणाम माइकिङ नगर्ने भएको छ। औपचारिक सूचना टाँस भने गरिनेछ। महानगर प्रमुखका उम्मेदवार बालेन साहको समूहले माइकिङ गर्ने काम र बधाई दिने काम शुक्रवार गर्न आग्रह गरेको छ।
हामी जुनबेला सकिन्छ त्यही बेला सूचना टाँस गर्छौं। त्यो नै औपचारिक घोषणा हुनेछ। उहाँको ९बालेन० टिमबाट भोलिमात्र कार्यक्रम राख्न अनुरोध आएको छ, काठमाडौँ जिल्लाका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले उकेरासँग भने। अन्तिम मत परिणाम आउन ३९४ घण्टा लाग्ने उनले बताए।
पानी परेको र राती विजय जुलुस निकाल्न अप्ठ्यारो हुने भनेकाले बालेनको समूहले शुक्रबार बिहान ८ बजे कार्यक्रम गर्ने र ११ बजेबाट विजय उत्सव मनाउने तयारी गरेको छ।
जेठ १२, २०७९ बिहीबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।