ओलीको व्यङ्ग्य- प्रधानमन्त्रीको वडामा त अब केही पनि जाने भएन क्यारे!

काठमाडौं : संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकार र सरकारमा सहभागी दहलरुप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले डडेल्धुलामा कांग्रेसको स्थानीय सरकार नभएको ठाउँमा बजेट नपठाउने भनेको कुरामा ओलीले व्यङ्ग्य गरेका छन्।
डडेल्धुरामा मेडिकल कलेज कहाँ बनाउने भन्दै प्रश्न समेत गरे। ‘डडेल्धुरामा मेडिकल कलेज बन्ने भएछ। कुन पालिकामा कांग्रेसले जितेको छ, त्यहाँ जाने होला। अमरगढी जितेको छ कि छैन? अमरगढी कांग्रेसले जितेको भए त ठिकै छ,’ उनले भने, ‘कुन कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज? कांग्रेसले जितेको छैन भने।'
कांग्रेसले जितेकै छैन भने सम्माननीय प्रधानमन्त्रीज्यूको वडामा केही पनि जाने भएन नि भन्दै ओलीले भने, 'त्यहाँ रुखले जितेन क्यारे! लोकतन्त्रमा त्यो भन्दा हरिबिजोग के होला?’
जेठ १२, २०७९ बिहीबार १३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।