ओलीको व्यङ्ग्यमा हच्किए प्रचण्ड

काठमाडौं : प्रतिनिधि सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै फलानालाई भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ भनेको स्मरण गरेका छन्।
‘केही नेताले धम्कीको भाषा बोले, जनतलाई धम्क्याउने काम भयो। यो कुराले जनताले द्वन्द्वकाल सम्झिए’, उनले भने, ‘विदेश जानुपर्ने सम्झिए, मानिस मारिएका, अंगभंग भएका कुरा सम्झिए। त्यही चितवनमा बोरामा हालेर मान्छे मारेको सम्झिए।’
ओलीले व्यङ्ग्य गरिरहँदा शान्त मुद्रामा बसेर ओलीको भाषणा सुनिरहेका माओवादी अध्यक्ष प्रचण्डले अलि असहज महसुस गरे। उनले बाँयातर्फ रहेका पार्टीका प्रवत्ता कृष्णबहादुर महरा तर्फ हेरे अनी पुरानै आसनमा फर्किए।
जेठ १२, २०७९ बिहीबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।