सरकारको नीति तथा कार्यक्रम जेरी जस्तै गुजुल्टिएको : ओली

सरकारको नीति तथा कार्यक्रम जेरी जस्तै गुजुल्टिएको : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम जेरीजस्तै गुजुल्टिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै ओलीले नीति तथा कार्यक्रममा नीति र योजना नभएको आरोप लगाए। 

‘यो नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४३ बुँदा समेटिएको छ। यसमा भनिएका कुरा गुजुल्टिएका छन्’, उनले भने, 'वर्णमालाका अक्षरमा रहेर हेर्दा, चास्नीमा नडुबाएको, खल्लो, आधा पेजको वाक्य, एक वाक्यबाट सुरु हुन्छ। आदि के हो? मध्य के हो। यो सरकार नै त्यस्तै छ। जेरी जस्तो गुजुल्टिएको, केही नीति छैन, योजना छैन।’

उनले नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १६१ मा रहेका कुरालाई अर्थहीन, निरर्थक रहेको बताए। 

‘एउटै बुँदामा पनि अर्थ बाझिएका छन्। गठबन्धनका अलग अलग पार्टीले एकै ठाउँमा ल्याएर जोडेको जस्तो देखिन्छ’, उनले भने, ’यो गठबन्धन आफूले नबनाई अरुले बनाएको देखिन्छ। मस्यौदा हेर्दा नीति तथा कार्यक्रममा भनिएका कुरा कस्ता छन् भने जनता अल्मल्याउने काम भएको छ।’

जेठ १२, २०७९ बिहीबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।