दैलेख बस दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत

दैलेख बस दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत

काठमाडौं : दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारै जनाको सनाखत भएको छ। दैलेखको आठबिस नगरपालिका-२, सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो। 

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए।  बसमा सवार अन्य व्यक्ति घाइते भएका छन्।

घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। म१ख ६६० नम्बरको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो।

जेठ १२, २०७९ बिहीबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।