१२ कक्षाको परीक्षा समय परिवर्तन

१२ कक्षाको परीक्षा समय परिवर्तन

काठमाडौं : यही जेठ १६ गतेदेखि सञ्चालन हुने १२ कक्षाको परीक्षाको समय परिवर्तन गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी १२ कक्षाको परीक्षा समय परिवर्तन गरिएको जानकारी दिएको छ।

बिहान ११ बजेदेखि हुने भनिएको परीक्षाको समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको बोर्डले जनाएको छ।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

जेठ १२, २०७९ बिहीबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।