निर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

काठमाडौं : माओवादी केन्द्रले आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
यही जेठ १८ र १९ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ।
माओवादीले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरेको छ।
प्रशिक्षण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले दिने कार्यक्रम छ।
जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने बताइएको छ।
पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिने माओवादी तयारी छ।
जेठ १२, २०७९ बिहीबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।