एम्बुलेन्स पल्टिएर टहरा थिच्दा सुतिरहेकी वृद्धाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका-७ स्थित दुई किलो नजिकै बुधबार राति बा२०च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकबाट पल्टिएको एम्बुलेन्सले सडकमुनिको टहर थिच्दा टहरामा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।
जेठ १२, २०७९ बिहीबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।