पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु 

पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु 

पोखरा : पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राती पोखराको नागढुङ्गामा स्कुटर दुर्घटना हुदा पोखरा –३३ तल्लो पुडिटारका ४० वर्षीय किशोर कुमार थापाको मृत्यु भएको हो। 

 दुर्घटनामा गम्भीर घाइते भएका थापाको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपीसुन्दर तिवारीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका पोखरा–३३ घर भएका स्कुटर चालक नगेन्द्र केसी गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी तिवारीले बताए।

गए राति १ बजे एयरपोर्टबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १९प ५२१ नम्बरको स्कुटर नागढुङ्गाको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
 

जेठ ११, २०७९ बुधबार २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।