बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
बाँके : बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारु रहेका छन्।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको थियो।
दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ ११, २०७९ बुधबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।