ट्युनिसियामा डुङ्गा डुब्दा ७० बढी आप्रवासी बेपत्ता

ट्युनिसियामा डुङ्गा डुब्दा ७० बढी आप्रवासी बेपत्ता

एजेन्सी : लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। भूमध्यसागरमा सो डुङगा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन्। ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो।  

तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताउनु भएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको  छैन्। 

जेठ ११, २०७९ बुधबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।