झापामा १५ वर्षीया किशोरी बलात्कृत

झापा : झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जेठ ११, २०७९ बुधबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।