रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

भक्तपुर । भक्तपुर र झापाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–६ स्थित सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

झापाको बिर्तामोड नगरपालिका–५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो। 
 

जेठ ११, २०७९ बुधबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।