प्रदेश र संघीय चुनावको तयारीमा जुट्न गगन थापाको आग्रह

प्रदेश र संघीय चुनावको तयारीमा जुट्न गगन थापाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश र संघीय चुनावको तयारीमा जुट्न आग्रह गरेका छन्।

'चुनाव मंसिर वा फागुन कहिले गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्छ। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु आम चुनावको तयारीमा जुट्नूस्,' भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भने।

पहिलेका कमजोरी सच्याउँदै अघि बढ्न पनि उनले आग्रह गरे। 'हामीसँग समय धेरै छैन,’ उनले भने, ‘अब लोकप्रिय उम्मेदवार छनोट गर्नुपर्छ। कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ।’

स्थानीय निर्वाचनमा कांग्रेसबाट हौसिएका थापाले भने, 'स्थानीय चुनावमा कांग्रेसले धेरै सिट जितेको मात्र नभई मत पनि बढाएको छ। अब संघीय चुनावमा पनि धेरै सिट जित्ने गरी लाग्नुपर्छ।'

जेठ ११, २०७९ बुधबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।