काठमाडौँको मेयरमा बालेन पक्का, उपमेयर सुनिता

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित भएको छ। महानगरको मेयरका लागि त्रिपक्षीय प्रतिस्पर्धा छ। २२ हजार मत गन्न बाँकी हुँदा बालेन २० हजार मतले अगाडि छन्।
उनलाई पराजित गर्न दोस्रो नम्बरमा रहेकी सिर्जना सिंहले गन्न बाँकी सबै मत ल्याउनुपर्छ जुन सम्भव छैन। तेस्रो नम्बरमा रहेका केशव स्थापितको अवस्था पनि उही हो।
भित्री सहरमा सुमन सायमीले समेत राम्रो मत ल्याइरहेका छन्। यसै गरी उपमेयरमा पनि सुनिता डङ्गोल निश्चित भएकी छन्। उनको प्रतिस्पर्धी निकै तल छन्।
जेठ ११, २०७९ बुधबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।