काठमाडौंको वडा नम्बर १९ कांग्रेसले जित्यो

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन्। उनले १ हजार २ सय मत ल्याएका छन्।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका छन्।
यो वडामा कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन्।
यसैगरी यो वडाबाट स्वतन्त्र उम्मेदवार बालेन साहले ६५४ मत ल्याए भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ४४५ मत प्राप्त गरेका छन्।
जेठ ११, २०७९ बुधबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।