नवप्रवेशी गुजरात आइपिएलको फाइनलमा, राजस्थान सात विकेटले पराजित

नवप्रवेशी गुजरात आइपिएलको फाइनलमा, राजस्थान सात विकेटले पराजित

काठमाडौं : नवप्रवेशी गुजराज टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्समाथि ७ विकेटको जित निकाल्दै गुजरात फाइनलमा प्रवेश गरेको हो।

१ सय ८९ रनको लक्ष्य लिएर मैदान उत्रिएको गुजरातले १९ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। गुजरातको जितमा डेविड मिलरले ६८ रनको योगदान गरे।

गुजरातका लागि कप्तान हार्दिक पान्ड्या ४० रनमा अविजित रहे भने चौथो विकेटका लागि हार्दिक र मिलरले १ सय ६ रनको अविजित सतकीय साझेदारी गरेका थिए।

यसअघि ओपनर ऋद्धिमान शाह शून्यमा आउट भए पनि गुजरातले लय समातेको थियो। दोस्रो विकेटका लागि शुभमन गिल र म्याथ्यु वेडले ७२ रनको साझेदारी गरेका थिए।

गिल र वेडले दुबै समान ३५-३५ रनमा आउट भए। राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो। उसका लागि ओपनर जस बटलरले सर्वाधिक ८९ रन बनाएका थिए।

जेठ ११, २०७९ बुधबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।