काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा बालेन २० हजारले अगाडि

काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा बालेन २० हजारले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मतको अग्रता कायम गरेका छन्।

बालेन दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ११० मतले अगाडि छन्। 

बालेनले ५४ हजार ७१८ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन्। 
यस्तै, एमालेका केशव स्थापित ३३ हजार ९७५ मतसहित तेस्रो स्थानमा रहेका छन्।
 
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत प्राप्त गरेका छन्। अब २२ हजार ५६४ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जेठ ११, २०७९ बुधबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।