
तीन सय मतले जितेका चिरिबाबुले पुरानै प्रतिस्पर्धीलाई १८ हजार अन्तरले हराए

ललितपुर : ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेर दोस्रो कार्यकालका लागि विजयी भए।
ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए। व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यी दुवै प्रतिस्पर्धी थिए।
२०७४ मा महर्जनले ३ सय २६ मत अन्तरले व्यञ्जनकारलाई पराजित गरेका थिए। पाँच दलीय गठबन्धन अनुसार उपमेयरमा उठेका माओवादी उम्मेदवार भने पराजित भए।
उपमेयरमा एमालेबाट मञ्जली शाक्य निर्वाचित भइन्। शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन्। शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्राचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे ।
जेठ १०, २०७९ मंगलबार २३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।