नीति तथा कार्यक्रप्रति विपक्षीको प्रतिक्रिया : पैसा पुग्दैन, कसले दिन्छ ?

नीति तथा कार्यक्रप्रति विपक्षीको प्रतिक्रिया : पैसा पुग्दैन, कसले दिन्छ ?

काठमाडौँ : पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले खर्च धान्न नसक्ने गरी नीति तथा कार्यक्रम ल्याएको प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै उनले कार्यक्रममा पुरानाका कुराको निरन्तरता रहेको र गर्न सक्ने र नसक्ने सबै कुरा हालेको प्रतिक्रिया दिए।

'यसले राखेको लक्ष्य पैसामा हाल्नु भयो भने हाम्रो बजेटमा पुँजीगत खर्च ४ खर्ब हुन्छ। यसले कमसेकम २५ खर्ब मागेको छ,' उनले भनिन्' यो कार्यान्वयन हुन्छ कि हुँदैन तपाई आफैँ जान्नुस्।'

उनले भने' पैसा पुग्दैन कसले दिन्छ पैसा भन्या ? त्यसै पैसा आउँछ ?'

एमाले नेता गोकुल बास् कोटाले उनले सरकारको नीति तथा कार्यक्रम लक्ष्य, उद्देश्य र गन्तव्य केही नभएको भनेर आलोचना गरे। उनले कार्यक्रम पट्यार लाग्ने खालको भएको र सत्ता पक्षले ४ चोटि पनि ताली बजाउन नसक्ने खालको आएको उनले दाबी गरे।

जेठ १०, २०७९ मंगलबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।