प्रत्येक प्रदेशमा कम्तिमा दुई मेडिकल कलेज, मृत्युको अनिवार्य अडिट

प्रत्येक प्रदेशमा कम्तिमा दुई मेडिकल कलेज, मृत्युको अनिवार्य अडिट

काठमाडौँ : प्रत्येक प्रदेशमा कम्तिमा दुई वटा मेडिकल कलेज, प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइने राष्ट्रपति विद्यादेवी भण्डारीले निती तथा कार्यक्रममा प्रस्तुत गरेकी छन्। सुदुरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ। चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ। 

डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने योजना नीति छ। औषधि उपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाईने भएको छ। स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाईने नीती तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।
 
सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य वीमा कार्यक्रममा आवद्ध गरिने भएकोछ। सबै अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी  एकै विन्दूबाट सेवा प्रदानगर्ने सेवा मिलाइने भएको छ।
 

जेठ १०, २०७९ मंगलबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।