सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिने

सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिने

काठमाडौँ । सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने भएको छ। 

आर्थिक वर्ष २०७९–०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताइन्। ‘सबै श्रमिकलाई सामाजिक सरक्षा कोषमा आवद्ध गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्। 

वैदेशिक रोजगारीमा फर्किएकालाई सीप अनुसारको रोजगार सिर्जना गरि पुन एकीकरणको योजना अघि बढाइने योजना पनि सरकारले ल्याएको छ।

जेठ १०, २०७९ मंगलबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।