रेलको कुरामा टक्क अडिए ओली

रेलको कुरामा टक्क अडिए ओली

काठमाडौँ : सरकारले काठमाडौँमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्याे। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  पूर्व–पश्चिम रेलमार्ग आयोजना विकासको पूर्व तयारी, रसुवागढी काठमाडौँ,  वीरगन्ज काठमाडौँ तथा काठमाडौँमा मेट्रो रेलमार्गको विस्तृत अध्ययन गर्ने घोषणा गरिन्। 

राष्ट्रपतिले सरकारको नीति तथा योजनामा रेलको कुरा गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली टक्क रोकिएका थिए। रेलको कुरा आउने बित्तिकै टेलिभिजन क्रिनमा एमाले अध्यक्ष ओली देखाइयो। उनी टक्क रोकिएर रोष्टमतर्फ एकटकले हेर्दै थिए। राष्ट्रपति भण्डारीको कुरा ध्यान दिएर सुन्दै थिए ओली।
 
यस्तै, सरकारले विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको नदी प्रणालीमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान तथा विकास गर्ने सरकारले घोषणा गरेको छ। रेल ल्याउने घोषणा एमालेले अघिल्लो स्थानीय निर्वाचनमा राखेको थियो भने, अहिले पनि उपत्यकाका स्थानीय तह केही स्थानीय तहको घोषणापत्रमा एमालेले रेल राखिएको छ।
 

जेठ १०, २०७९ मंगलबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।