एक वर्षभित्र फास्ट ट्रयाक सक्ने गरी काम अघि बढाइने  

एक वर्षभित्र फास्ट ट्रयाक सक्ने गरी काम अघि बढाइने  

काठमाडौँ : सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ। 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९-०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिइन्। 

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उनले बताइन्।  काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ। 
 

जेठ १०, २०७९ मंगलबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।