पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने 

पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने 

काठमाडौ : सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ। आगामी आर्थिक वर्ष २०७९–०८० का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको बिक्रीवितरण प्रणाली निजी क्षेत्रलाई दिइने बताएकी हुन्। 

आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने भएको छ। वित्तीयरूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने उनले बताइन्।

जेठ १०, २०७९ मंगलबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।