छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपीत अधिकारी पुर्व सञ्चार मन्त्री बास्कोटाको सञ्चार विज्ञ

काठमाडौँ : कलेजको छात्रालाई अश्लील मेसेज गरेको र कलेजमै दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सेन्ट लरेन्स कलेज चाबहिलका कोअर्डिनेटर जनार्दन अधिकारी पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको सल्लाहकार भएर काम गरेको खुलेको छ।
अधिकारी काभ्रे भुम्लु गाउँपालिकाका हुन्। बास्कोटा मन्त्री रहेको बेलामा उनी विज्ञ सल्लाहकारको रूपमा काम गरेका थिए। जानकारस्रोतका अनुसार उनलाई मिडिया विश्लेषकको रूपमा बास्कोटाले नियुक्त गरेका थिए।
अधिकारीले कलेजको एक छात्रालाई कलेजभित्रै यौन दुर्व्यवहार गर्ने गरेको र फेसबुक मेसेन्जरबाट यौन प्रस्ताव राख्ने गरेको सार्वजनिक भएपछि कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरू आन्दोलित भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला वृत्तमा राखेको छ।
प्रहरीले अधिकारीसँगै कलेजका प्रमुख केशव दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएका छन्। उनीहरूले विद्यार्थीको अभिभावकलाई फकाएर घटना गुपचुप बनाउने प्रयास गरेका थिए।
जेठ १०, २०७९ मंगलबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।