नीति तथा कार्यक्रम पारित, आजै संसदमा पेस हुने

नीति तथा कार्यक्रम पारित, आजै संसदमा पेस हुने

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। 

पारित भएको नीति तथा कार्यक्रम आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा पेस गर्नेछिन्। आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ।

सरकारले जेठ १० गतेभित्र नीति तथा कार्यक्रम संसद्‌मा पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

जेठ १०, २०७९ मंगलबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।