भरतपुरमा दोहोरिइन् रेनु दाहाल, साढे १२ हजार मतान्तरले विजयी

चितवनः बहुप्रतीक्षित भरतपुर महानगरपालिकाको निर्वाचनमा रेनु दाहाल मेयरमा विजयी भएकी छिन्। प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४४६ मतले पराजित गर्दै उनी दोस्रो कार्यकाल मेयरमा निर्वाचित भएकी हुन्।
रेनु पाँच दलीय गठबन्धनसहित निर्वाचनमा होमिएकी थिइन्। यता सुवेदी राप्रपासँगको चुनावी तालमेलमा उम्मेदवार बनेका थिए।
अन्तिम मतपरिणामअनुसार रेनुले ५२ हजार २८ मत प्राप्त गरिन्। सुवेदीले ३९ हजार ५८२ मत मात्र ल्याए।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याए।
उपमेयरमा पनि गठबन्धनकै चित्रसेन अधिकारी निर्वाचित भए। उनले ५२ हजार ८०३ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६११ मत ल्याइन्।
जेठ १०, २०७९ मंगलबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।